बालुवाटार जग्गा कब्जाका मुख्य नाईके शोभाकान्त ढकाल र भान्जी बुहारीबीच जग्गा विवादको गोप्य अडियो सार्वजनिक

असार २० काठमाडौँ बालुवाटारको २ सय ९९ रोपनी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गर्ने योजनाकार शोभाकान्त ढकालले जग्गा मिलाउने क्रममा ठूलो रकम खर्च भएको खुलासा गरेका छन्। नातेदारसँगको लेनदेन विवादका क्रममा रेकर्ड भएर हाल सर्वोच्च अदालत पुगेको अडियोमा उनले आफूले सापटी लिएको रकमसमेत त्यही जग्गा मिलाउन खर्च भएको बताएका छन् ।

भान्जीबुहारी पर्ने शान्ता खनालसँगको करिब साढे तीन घण्टाको कुराकानीका क्रममा ढकालले भनेका छन् राणाहरूले गरेको मुद्दा सर्वोच्चमा पुग्यो अख्तियारमा गयो। सबैसँग मुद्दा लड्दा कम हैरान त थिएन नि। मैले तपाईंको पैसा ल्याएर उहाँ बुझाएको हो । पैसा बुझ्ने मान्छे जिउँदै छ सोधे हुन्छ। ढकालले पैसा पुर्‍याउने र बुझ्ने व्यक्तिको नाम उल्लेख गरेका छैनन् ।

शुक्र, असार २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस