कतै यात्रा गर्दै हुनुहुन्छ, यस्तो छ सोमबार सम्मको मौसम

असार २१ काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले शनिबार पश्चिमका धेरैजसो भूभाग र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षा हुने जनाएको छ। पश्चिमी क्षेत्रका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको र मध्य र पूर्वका क्षेत्रमा भने मौसम आंशिक मात्र बदली भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन। मध्य र पूर्वी क्षेत्रका पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

आगामी तीन दिनसम्म देशभर मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आज शनिबार दिउँसो देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली र अन्य भूभागमा सामान्य बदलीको सम्भावना छ र देशको पश्चिमी भूभागका १-२ स्थानमा भारी वर्षाको सम्भावना साथै राति देशभर सामान्य बदली भई केही भूभागमा हल्का देखि मध्यमसम्म र १ २ स्थानमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले उल्लेख गरेको छ।

त्यस्तै आइतबार दिउँसो देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने राति देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। सोमबार पनि देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ।

शनि, असार २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस