काँग्रेस शिर्षनेता रामचन्द्र पौडेललाई आफ्नै गृहजिल्ला तनहुँमा कारबाही !

असार २१ तनहु नेपाली काँग्रेसका शिर्षनेता रामचन्द्र पौडेल लगाएतकाअन्य नेतालाई गृहजिल्ला तनहुँको लेटर हेडमै बिज्ञप्ति जारी गरेर कारबाहि गरेको छ । पूर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशी पक्षले शुक्रबार सो निर्णय गरेको हो ।

बिज्ञप्तिमा जनाएई अनुसार २०७५ माघ ८ गते संस्थापन कांग्रेस विघटन गरी स्थापना गरेको नेपाली कांग्रेस तनहुँले रामचन्द्र पौडेल लगायतका नेतालाई कारबाही गरेको छ। विज्ञप्तिमा जोशी कांग्रेसलाई सहयोग नगरेकोेले पार्टीको जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य नेता पौडेल शंकर भण्डारी महासमिति सदस्यहरू ध्रुव वाग्ले रघुनाथ पौडेल बैकुण्ठनाथ न्यौपाने जीतप्रकाश आले क्षेत्रीय प्रतिनीधि विश्व बास्तोलालाई पार्टीको विधान अनुसार कारबाही गर्न लागिएको उल्लेख छ।

जोशी कांग्रेसका प्रवक्ता हरिशरण पण्डितले जारी गरेको विज्ञप्तिमा २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस तनहुँले तत्कालीन नेतृत्वका कमजोरीको कारण लज्जास्पद हार बेहोर्नुपरेको भन्दै पौडेल सहितका सात नेतालाई कारबाही गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ तनहुँको विशेष अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति गठन भई सहज रूपमा काम गर्दै आइरहेको अवस्थामा पार्टीका निष्ठावान कर्तव्यनिष्ठ इमान्दार कार्यकर्ताविरुद्ध वक्तव्यबाजी गर्दै केन्द्रीय कार्यालय सानेपामा पार्टीभापति समक्ष अनाश्यक भ्रम र अफवाह फैलाई पार्टी हितविपरीत काम गरेकोले कारबाही गर्ने निर्णय गरियो।

शनि, असार २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस