आयो विप्लप नेकपाको आधिकारिक धारणा भोलि नेपाल बन्द गरेका छैनौँ

असार २१ काठमाडौँ यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। २२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको नभए पनि विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिनु गलत भएको स्पस्ट पारेको छ।

२२ गते आफूहरूको बन्दको कार्यक्रम नभएको बताउँदै नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए।

शनि, असार २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस