ओली भर्सेस बाबुराम भट्टराई ओलीको भ्यागुतोको कथाको जवाफमा बाबुरामले दिए निदूली बाहुनको कथा

असार २१ काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईबीच पछिल्लो समय वाकयुद्ध नै चल्न थालेको छ। शुक्रबार पूर्वमन्त्री कल्पना धमला र देवेन्द्र पराजुलीलगायतलाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भ्यागुताको कथा सुनाए। ओलीले पार्टी कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भट्टराईप्रति लक्षित गरेर पेट फुटेर मरेको भ्यागुताको कथा सुनाएका हुन्।

नेपाल समाजवादी पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका नेताहरुलाई शुक्रबार स्वागत गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भ्यागुता फुलेर फुटेको कथा सुनाउँदै भट्टराईको पार्टी ठूलो नभई फुटेको दाबी गरे। उनले दुईतिहाई अटेको नेकपामा बाबुराम भट्टराईको सिंगो पार्टी अट्न सक्ने पनि बताएका थिए।

ओलीले भट्टराईका पार्टीका केही नेतालाई नेकपा प्रवेश गराएपछि बाबुरामको हालत पेट फुटेको भ्यागुतो जस्तो भएको भन्दै व्यंग्य गर्दै कथा सुनाएपछि भट्टराई पनि कथाबाटै जवाफ दिएका छन्। उनले शुक्रबार बेलुका ओलीलाई समाजिक सञ्जाल फेसबुकमार्फत निदुली बाउन प्रख्यात ज्योतिषी बनेको कथा पोष्ट गरेका छन्।

ओलीले भट्टराईका पार्टीका केही नेतालाई नेकपा प्रवेश गराएपछि बाबुरामको हालत पेट फुटेको भ्यागुतो जस्तो भएको भन्दै व्यंग्य गर्दै कथा सुनाएपछि भट्टराई पनि कथाबाटै जवाफ दिएका छन्। उनले शुक्रबार बेलुका ओलीलाई समाजिक सञ्जाल फेसबुकमार्फत निदुली बाउन प्रख्यात ज्योतिषी बनेको कथा पोष्ट गरेका छन्।
उनले लेखेका छन् हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ त्योसँगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि कथा यस्तो छ। निदुली बाहुन साँझमा ससुराली पुगेछन्। सासू भित्र सेलरोटी पकाउँदै रहिछन्। ज्वाइँ बाहिर पिँढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् ज्वाइँले भनेछन रोटी पाके दुई बीस चार ज्वाइँका भागमा किन चार ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्। गाउँमा धोबीको गधा हराएको रहेछ। धोबीले ज्वाइँसँग हराएको गधा पत्ता लगाइदिन भनेछन् अब पर्‍यो फसाद भोलिपल्ट बिहानैको शुभ साइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसेछन्। भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् के खोज्छस् दृष्टिविहीन आँखा ज्वाइँ ससुराली घर फर्केर सुतेछन भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन् अब के चाहियो निदुलीको ख्याति राजदरबारसम्म पुगेछ। राजाले दरबारमा बोलाएछन् र हराएका हीरा–जवाहरत पत्ता लगाउन भनेछन्। बस्न कोठा दिएछन अब पर्यो महाफसाद भागौं पहरा छ कोठामै बर्बराएछन रोटी गनीगनी जैसी कहाएँस धोबीको गधा उखुवारी पाएँस अब आयो निदूली तेरै काल। पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ उसको नाउँ पनि निदूली रहेछ उसले रूँदै आएर भनिछ बाजे मेरो ज्यान बचाइदिनोस् हीरा मोती मैले चोरेर फलानो ठाउँमा राखेकी छु। निदूली राजज्योतिषी बनेर धनधान्य भएछन अब आफैँ बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो

शनि, असार २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस