सरकारले जनतालाई बिषादी पनि खुवाउन थाल्यो – डा सुरेन्द्र केसी

सुनौलो नेपाल – भारतबाट आउने तरकारी र फलफूलमा सरकारले विषादी परीक्षण स्थगित गर्नु भारतसंगको लम्पसार भएको प्राध्यापक डा सुरेन्द्र केसीले बताएका छन्।

सरकारले फलफूलमा भएको विषादी परीक्षण पूर्वाधार नभएको भन्दै तत्काल चेकजाँच नगर्ने निर्णय गरेपछि तयारी नै नभएको अवस्थामा किन चेक गरेर जनतालाई जिस्काएको भन्दै डा केसीले आक्रोश प्रकट गरेका छन्।

हामीलाई थाहा थिएन भारतबाट आउने तरकारीमा यतिसम्म बिषादी हुन्छ भन्ने तर सरकारले आफै जानकारी दिने आफै पछि हट्ने यो के हो भन्दै उनले प्रश्न गरेका छन्।

हेरौ सुनौलो नेपालका लागी डा केसीसंग हामीले गरेको कुराकानी

तर प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी नपुगेका कारण विषादी परीक्षण रोकेको बताएका छन् ।

शनिबार भएको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले कसको दबाबमा परीक्षण रोकियो भनेर प्रश्न गरेपछि प्रधानमन्त्रीले तयारी नपुगेका कारण तत्काललाई स्थगीत गरेको बताउदै त्यसको पुनर्विचार गर्ने बताएका थिए।

यसमा कसैको कुनै दबाब होइन । तयारी नै नपुगेकाले हो पूर्ण तयारी गरेर फेरी शुरु गर्छौ उनले भने।

शनि, असार २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस