प्रधानमन्त्रीका सल्लाहकारले कसलाई भने छौडा, चोर औलो पूर्व माओबादीतिर

महेश शर्मा
भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी भए नभएको परीक्षण गर्ने प्रकरणसँगै आलोचनाको घेरामा परेको ओली सरकार र सत्बतारुढ दल नेकपा भित्र विवाद गहिरो बन्दै गईरहेको बेला आइतबार बिहानै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले गरेको आक्रामक ट्वीट गर्दै सरकार लाई घेराबन्दिमा परेको संकेत गरेका छन् ।

सत्तारुढ नेकपाभित्र आन्तरिक समीकरणको कसरत बढिरहेको बेला विषादी परीक्षण प्रकरण सतहमा आएपछि दुबै विषय आपसमा जोडेर विश्लेषण हुन थालेको छ। प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरूले पार्टीभित्र प्रधानमन्त्री ओलीको विपक्षमा गठबन्धन बनाउन सक्रियता बढिरहेको बेला उनलाई थप कमजोर बनाउन विषादी प्रकरण प्रयोग भएको आरोप लगाएका छन्। यसकैको सन्दर्भमामा प्रधानमन्त्रीका मुख्य राजनितिक सल्लाहकारको ट्वीट पनि पुर्बमाओबादी लक्षित रहेको बुझ्न गारो पर्दैन ।

भारतबाट भित्रिने तरकारीमा बिषादी चेकजांच गर्ने प्रस्ताब पुर्ब माओबादी नेता रहेका कृषिमन्त्री चक्रपाणि खनालले लगेको सो प्रस्ताब मन्त्रिपरिषद्को बैठकबाट पारित भएको थियो । त्यसपछि सिमानाकामा तरकारी बोकेका कन्टेनरहरुको लामो लाईन संगै भारतीय राजदुत मंजिबसिंह पुरीले पुर्बमाओबादी नेतालाई भेट गरी यो बिषयलाई स्थगित गर्न प्रचण्डलाई समेत आग्रह गरेको बुझिएको छ ।

निकै लामो प्रक्रिया पुरा भएर मन्त्रीपरिषदबाटयस्ता निर्णयहरु पारित हुने गर्दछन् तर निर्णय लागु गरेको केहि समयमानै बिषादी चेकजाँचको तयारी नपुगेको भन्दै बाणिज्यमन्त्रालय मार्फत प्रस्ताब लगेर स्थगित हुनुलाई सरकारलाई घेराबन्दि गर्न पूर्वमाओवादी नेता तथा मन्त्रीहरुनै लागिपरेको राजनीतिक वृतमा चर्चा चलेसंगै यस बिषयमा माओबादी नेतालाई उपयोग गर्न भारतीय राजदुत पनि सफल भएको विश्लेषण गरिएको छ ।
के हो छौँडा शब्दको अर्थ
नेपाली समाज र भाषामा नकारात्मक रुपमा प्रयोग हुने यो शब्दको वास्तविक अर्थ(बृहत नेपाली शब्द कोष अनुसार) बोक्सी बिद्या सिकेकी पिरपिराउ गर्न घरघर चियोचर्चो गर्नका लागी पठाउने तालिमप्राप्त बिरालो भन्ने बुझिन्छ । यस अर्थमा प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार बिष्णु रिमालले प्रयोग गरेको छौडा भनेर कसलाई सम्बोधन गरे भन्ने कुरा बिस्तारै खुल्दै जालान तर दुई तिहाई प्राप्त सरकार आन्तरिक किचलोको चेपुवामा पर्दै गएको कुरा बुझ्न मुश्किल पर्दैन ।

आइत, असार २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस