जनतालाई बिष खुवाउन पाईदैन भन्दै काठमाडौँमा प्रदर्शन !

तत्कालका लागि भारत लगायत तेस्रो मुलुकबाट आयातीत तरकारी फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

आइतबार बिहान नेविसंघले काठमाडौँको प्रदर्शनी केन्द्रस्थित बाल्मिकी क्याम्पसदेखि पुतलीसडक चोकसम्म प्रदर्शन गरेको हो।
तरकारी र फलफूलमार्फत जनतालाई विष खुवाउन बन्द गर, राष्ट्रवाद कता हरायो?, विषादीयुक्त तरकारीको आयात बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड र तरकारी र फलफूलसहित प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले सरकारका विरुद्ध चर्को नारावाजी गरेका थिए।

 

 

आइत, असार २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस