सजग रहनुहोस, आज यी नदीमा आउन सक्छ बाढी

असार २३ काठमाडौँ सोमबार बाढी आउने सम्भावित खोला नदीबारे जानकारी दिँदै सजग रहन बाढी पूर्वानुमान महाशाखाले सल्लाह दिएकाे छ। मेची विरिङ निन्दालगायत सुनसरी झापा मोरङ इलामबाट बहने साना नदीहरू केहीमा बहाव सतर्कता तह सम्म पुग्नसक्ने सम्भावना रहेको भन्दै सचेत रहन सल्लाह दिएको हो।

महाशाखाले प्रदेश १ २ र ३ अनि सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशको पहाडी र चुरेबाट बहने केही ससाना नदीहरूमा पनि आकस्मिक बहाव हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

सोम, असार २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस