सिरिन्ज हानेको अभियोगमा स्याङ्जाका शिक्षक बनेपाबाट पक्राउ

असार २३ काठमाडौँ काभ्रेको बनेपास्थित चारदोबाटोबाट दुईजना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका व्यक्ति स्याङ्जाको वालिङ नगरपालिका-१३ स्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक खगेन्द्र पाठक रहेको खुलेको हो। शिक्षक पाठकलाई चारदोबाटो चोकबाट गाउँलेले पक्रेर बुझाएपछि प्रहरीले अनुसन्धान थालेको छ। प्रहरी चौकीमा राखिएका उनले आफु त्यस्त कुनै घटनामा ‌संलग्न नभएको बताएका छन्।

सोम, असार २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस