अर्जुन पन्तले बजारमा ल्याए तिजगीत दिदि भाई (भिडियो)

असार २४ काठमाडौँ महिलाहरुको महान चाड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ। यसै विचमा न्यु अन्जना डिजिटल मिडियाको प्रस्तुतीमा गायक अर्जुन पन्त र गायिका उमा खड्काको आवाजमा सजिएको मौलिक तिजको कोशेली दिदि भाई गीतको भिडियो बजारमा आएको छ।

दिदि भाई विचको मायालाई चाडपर्व सगँ जोडिएको छ। जस्तो अवस्थामा भएपनी आफनो माइतिलाई नविसर्न आग्रह गायकले गरेका छन। आफनो मन नदुखाउन आग्रह दिदिले पनी गरेकी छन। अर्जुन पन्तको शब्द तथा उमा खड्काको लय सिर्जना गीतमा रहेको छ।

याम थापा मगरको एरेन्ज गीतमा रहेको छ। दिनेश मुस्कानको छायाँकन गोपाल कुमार विसीको सम्पादन तथा दिनेश मुस्कानको निर्देशन भिडियोमा रहेको छ। दिदि भाई गीतको भिडियोमा अर्जुन पन्त र दुर्गा पाठकको लोभलाग्दो अभिनय रहेको छ।

मङ्ल, असार २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस