लिडरसिप कर्नरले युवा बर्गलाई लक्षितगरी नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने

असार २४ चितवन
आशा खरेल

लिडरसिप कर्नरले युवा बर्गलाई लक्षितगरी नेतृत्व बिकास सम्बन्धि एकदिने कार्यक्रम गर्ने भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराईएको हो । सो कार्यक्रममा युवाहरुकालागि नेतृत्व बिकास,ब्यक्तित्व बिकास,निर्णायात्मक क्षमता लगायत अन्य बिबिध महत्वपूर्ण जीवनोपयोगी सिपहरु सिकाईनेछ ।

 

कार्यक्रममा बिदेशमा कसरी बिकास भएको छ र नेपालमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेबारेमा पनि छलफलहुनेछ । कार्यक्रममा कक्षा ११ देखी स्नातकोत्तर अध्ययन गरिरहेका बिद्यार्थी तथा अविभावकहरु समेत सहभागीहुन सक्नेछन् । सो कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था गरिएको कार्यक्रमका संयोजक प्रशान्त बिक्रम सापकोटाले जानकारी दिनुभएको छ ।

 

कार्यक्रम यहि असार २७ गते बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म भरतपुर ११ जागृतीचोकमा रहेको धावन रिक्रियसनमा सञ्चालन हुनेछ । कार्यक्रम सम्पन्न गर्नकालागि २ लाख रुपैयाँ खर्चहुने अनुमान गरिएको सापकोटाले बताउनुभयो । पे्ररक बक्ता अब्दुस मिया,मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल,सिभिल सोसाईटि लिडर निगम हुमागाईं, डा.सूर्यराज आचार्य, सिए बिशाल भट्टराई लगायतले नेतृत्व बिकासका बारेमा जानकारी गराउनुहुनेछ ।

 

आजको पत्रकार सम्मेलनमा कर्नरका सल्लाहकार रामचन्द्र तिमिल्सिना,भुपेन्द्र बस्नेत, प्रबिन काफ्ले,मन्दिप कँडेल,ईच्छा सिंखडा लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम लिडरसिप कर्नरका चितवन संयोजक प्रशान्त बिक्रम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मङ्ल, असार २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस