त्रिविमा शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने तीन जना धरौटीमा रिहा

असार २५ काठमाडौँ त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोग लागेका तीन जना धरौटीमा रिहा भएका छन्। विशेष अदालतको आदेशमा सुरेन्द्रप्रसाद कोइराला केदार भट्टराई र रामबहादुर कर्माचार्य धरौटीमा छुटेका हुन्।

मंगलबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि तीनैजनालाई धरौटीमा छाड्न आदेश दिएको हो। कोइराला र कर्माचार्य जनही ८० हजार तथा भट्टराई ६५ हजार धरौटीमा रिहा भएका छन्।

सुरेन्द्रप्रसाद कोइरालाले गोल्ड मेडलिस्ट बन्न १४ विषयमा अंक थप्न लगाएका थिए भने केदार भट्टराईले प्रथम श्रेणीमा उत्तीर्ण हुन अंक थप्न लगाएका थिए। त्यस्तै त्रिवि गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यले अंक थपिदिएका थिए।

बुध, असार २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस