युवराज सिंहका बाबुको आरोप धोनीले टोलीमा राजनीति गर्छन

असार २५ काठमाडौँ क्याप्टेन कुल भनेर चिनिएका भारतका पूर्वक्रिकेट कप्तान महेन्द्रसिंह धोनी प्रशंसकमात्र छैनन् कटु आलोचक पनि छन्। भारतका पूर्व राष्ट्रिय स्टार ब्याटस्म्यान युवराज सिंहका बाबु योगराज सिंह उनका कटु आलोचकका रुपमा प्रस्तुत हुन्छन।

धोनीलाई विभिन्न आरोप लगाउँदै आएका सिंहले फेरी एकपटक उनको आलोचना गरेका छन्। उनले भनेका छन् धोनीजस्ता मान्छे सँधै हुनेछैनन् सँधै फोहोर रहँदैन्।
उनले हालै सन्यास लिएका अम्बाती रायडुलाई सन्यास फिर्ता लिन आग्रह गर्ने क्रममा धोनीमाथि खनिएका हुन्। यस पटकको विश्वकप टोलीमा नपरेपछि गत साता रायडुले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। भारतले उनलाई वैकल्पिक खेलाडीको सूचिमा राखेको थियो।

विश्वकपमा विजय शंकर र शिखर धवन घाइते भएपछि उनलाई टोलीमा मौका मिल्ने अनुमान गरिएको भए पनि उनको सट्टामा ऋषभ पन्त तथा वैकल्पिक खेलाडीमा समेत नरहेका मंयक अग्रावलले मौका पाएपछि असन्तुष्ट रायडुले जारी विश्वकपका बीचनै क्रिकेट करियरबाट सन्यासको घोषणा गरेका थिए।

यसै बिषयलाई लिएर युवराजका बाबु योगराजले खेलाडी चयनमा धोनीको प्रत्यक्ष हस्तक्षेप रहने आरोप लगाए। भारतीय किर्केटका पुर्वकप्तान सौरभ गांगुलीपछि योगराजले भारतीय क्रिकेटको कप्तानका रूपमा आफ्ना छोरा युवराजलाई देख्न चाहेका थिए तर पछि सो मौका युवराजको सट्टा धोनीले पाए। त्यसपछि उनले आफ्नो छोरा कप्तान नभएसम्म उसको ब्याटिङ नहेर्ने प्रण लिएका थिए। उनले धोनीले टोलीमा राजनीति गर्ने गरेको बताउने गरेका छन्।

बुध, असार २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस