न्यूजिल्यान्डको बलिङ्गसामु निरिह भारतीय ब्याट्सम्यान, दबाबमा भारत

असार २५ काठमाडौँ भारतले इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल पुग्न २ सय ४० रनको लक्ष्य पाएको छ। लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले खराब सुरुवात गरेको छ।

भारतका मुख्य तीन खेलाडी आउ भएका छन्। रोहित शर्मा कप्तान विराट कोहली र केएल राहुल समान १ १ रनमा आउट भए। दोस्रो ओभरको तेस्रो बलमा रोहित म्याट हेनरीको बलमा एज लागेर क्याच आउट भए। त्यसपछि ब्याटिङमा आएका कोहली तेस्रो ओभरको चौथो बलमा ट्रेन्ट बोल्टको बलमा एलबिडब्लु धरापमा परे। ३.१ ओभरमा राहुल आउट भए।

यी तीन जना आउट भएपछि क्रिजमा रिषभ पन्त र दिनेश कार्तिक रहेका छन् ।

बुध, असार २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस