भारतीय फलफुल बोकेको ट्रक चितवनमा तोडफोड, सलाई नबल्दा बच्यो आगलागी बाट

चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप बोकेको ट्रकमा बिहीबार बिहान आगजनीको प्रयास भएको छ।बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका प्रत्यक्षदर्शीले बताएका छन्।

स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए।

स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि उनीहरु भागेका थिए।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइररहेको बताए।दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस