आङ्गमा दुईसरो लुगा नभएको व्यक्तिहरूको मुखबाट माड चोरेर आफू र परिवारलाई सिन्चन गर्न म राजनीतिमा आएको होइन(भिडियो)

झन्डै सयवटा भन्दा बढी राष्ट्रमा कार्यरत परामर्शदातृ संस्था क्युइडी ग्रुपका एसिया क्षेत्रका निर्देशकको पदबाट राजिनामा दिएर साझापार्टी बाट राजनीतिक सुरुवात गरेका डा. सिद्दि अर्यालले अन्तर्राष्ट्रिय जागिर र त्यसैसँग प्राप्त सुखसुविधा छाडी जन्मभूमि फर्किएर राजनीतिमा लाग्ने उहाको निर्णयबाट चिन्नेजान्ने सबै अचम्ममा परेको हुनुपर्छ। भने कोहिले विभिन्न किसिमले आरोपितले गरिरहेका होलान तर आफु कुनै स्वार्थले नभएर बिशुद्द देशको चिन्ताले राजनीतिमा आएको दाबी गर्छन ।

राजनीतिमा मेरो स्वार्थ मेरो देश बद्लियोस मेरो देश विकास हो भन्ने हो यदि यहि सोचाई राख्दैमा स्वार्थ हुन्छ भने राजनीति गर्ने सबै स्वार्थी बनौ, यस्तो स्वार्थ देशको लागि हितकर हुने गर्छ । म राजनीतिमा प्रवेश गरेको आङ्गमा दुईसरो लुगा नभएको व्यक्तिहरूको मुखबाट माड चोरेर आफू र परिवारलाई सिन्चन गर्न म राजनीतिमा आएको होइन ।

काम सिलसिलमा विश्वका धेरै विकासोन्मुख देश घुमेर त्यहाँका वास्तविकता नजिकबाट हेर्ने मौका पाएँ। द्रुत गतिमा विकासको छलांग लगाउन सफल मुलुकको सुरूआती विन्दुलाई सम्भव भएको देखे जसले ति देशहरुले गरेको प्रगति देखे, विकसित देशहरूले के कारणले आफ्नो सुशासन प्रगति र स्थिरता कायम गर्न सके भन्ने बुझेपछि मलाई मातृभूमिको मायाले राजनीतिमा डोर्यायो ।

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस