आमनेसामने हुँदै अष्ट्रेलिया र इंग्ल्यान्ड, कसले मार्ला बाजी

असार २६ काठमाडौं १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाँच पटकको विजेता अष्ट्रेलिया र अहिलेसम्म उपाधि जित्न नकसकेको इंग्ल्याण्ड भिड्दै छन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि बर्मिङ्घममा सुरु हुँदैछ। लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो।

सर्वाधिक पाँच पटकको विजेता अष्ट्रेलिया इंग्ल्यान्डलाई पराजित गर्दै छैटौं पटक उपाधि जित्ने सपना नजिक हुनेछ। अष्ट्रेलिया निकै बलियो टिम हो। यता इंग्ल्यान्ड भने लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ।

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस