भारतीय दुताबासको पत्र र त्रिबिको रातो कार्पेटबारे माफी माग्दै के भने प्रधानमन्त्रीले यस्तो (भिडियो)

असार २६ काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाइएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन्। बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकाेत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको तस्वीर सञ्चार माध्यमहरूमा आएपछि समाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो।

यसैबीच प्रधानमन्त्री ओलीले भने हिलोमाथि रातो कार्पेट विछ्याइएको बिषयलाई मिसन पत्रकारिताको संज्ञा दिएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंमा गरेको संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दैउनले हिजो पानी परेको र कार्पेट भिजेको बिषयमा मात्र समाचार बनाएको भन्दै यसको खण्डन गरेका हुन्।

प्रधानमन्त्री ओलीले भ्रम फिजाउने काम भइरहेको भन्दै भ्रममा रमाउनेहरू रमाइरहे पनि किनारामा बसेर हेर्नेहरू हेरिरहे पनि सरकार अगाडि बढिरहेको बताएका छन्।

फरक प्रसंगमा ओलीले तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र कर्मचारीहरुले लुकाइदिँदा आफूले लज्जित हुनुपरेको बताएका छन्। उनले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै कठोर कदम चाल्ने उल्लेख गरेका छन्।

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस