इंग्ल्यान्ड भर्सेस अष्ट्रेलिया, टस जितेर अस्ट्रेलियाले रोज्यो ब्याटिङ

असार २६ काठमाडौँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्ध केही बेरमा बलिङ थाल्नेछ।

लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो। सर्वाधिक पाँच पटकको विजेता अष्ट्रेलिया इंग्ल्यान्डलाई पराजित गर्दै छैटौं पटक उपाधि जित्ने सपना नजिक हुनेछ। अष्ट्रेलिया निकै बलियो टिम हो। यता इंग्ल्यान्ड भने लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ। तीन पटक फाइनलमा पुगेर पनि इङ्ल्यान्डले उपाधि उचाल्न सकेको छैन।

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस