छविले माफी मागेपछि छवि र शिल्पाबीच भयो यस्तो सहमति, काठमाडौं प्रहरी परिसरमा जे देखियो (भिडियो)

असार २६ काठमाडौँ अभिनेत्री शिल्पा पोखरेल र छवि ओझाबीच अब झगडा नगर्ने सहमति भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले दुबै पक्षलाई टेकुमा बोलाएर बिहीबार उनीहरुलाई सहमति गराएको हो।

काठमाडौं प्रहरी परिसर टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन्। पोखरेलले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन। त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ।

नायिका रेखा थापासँग डिभोर्स भएपछि छवि शिल्पासँग सम्बन्धमा थिए। शिल्पालाई म्युजिक भिडियोबाट ठूलो पर्दामा प्रवेश गराएका छविले विस्तारै आफ्नै घर भित्र्याएका थिए। विवाहअघि लामो समयसम्म सँगै बसेपनि उनीहरुले सम्बन्धबारे भने खुल्न चाहेका थिएनन्।

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस