कांग्रेसमाथि खनिए मन्त्री बास्कोटा, कांग्रेस दिनभरि वीपी रातभरि विप्लव हो ?

असार २६ काठमाडौँ सरकारले विप्लव समूहको हिंसाबारे सरकारले प्रमुख प्रतिपक्षको धारणा माग गरेको छ। नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले हिंसाबारे कांग्रेसको धारणा के हाे स्पस्ट हुनुपर्ने बताएका हुन्।

मन्त्री बास्कोटाले भने हिंसाबारे कांग्रेसको धारणा के हाे बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ? हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई कांग्रेसले एउटै नजरले हेरेको भन्दै उनले कांग्रेस बेलैमा स्पट हुनुपर्ने बताए।

भोजपुर प्रकरणलाई सम्झिदै उनले विप्लवका यस्ता गतिविधिहरुलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे। उनले कांग्रेसलाइ भने दिनभरि वीपी रातभरि विप्लव हो?

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस