प्रधानमन्त्री ज्यु तपाईका मन्त्री सम्हालेर राख्नु हुन्छ कि लगाम पठाईदिनु पर्यो ?

असार २६ काठमाडौँ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीलाई सम्हाल्न आग्रह गरेका छन्।

बिहीबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा कांग्रेसको भूमिकाप्रति प्रश्न उठाएका थिए।

मन्त्री बाँस्कोटाले दिनभर बीपी र रात परेपछि विप्लव हो भन्दै कांग्रेसलाई व्यंग्य गरेका थिए। उनको यस्तो धारणा सार्वजनिक भएलगत्तै प्रवक्ता शर्माले ट्वीट गर्दै प्रधानमन्त्री र सञ्चारमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका हुन्। प्रधानमन्त्रीले संसदमै असंसदीय शब्द बोल्ने गरेको भन्दै उनले मन्त्रीको संस्कारको अपेक्षा कसरी गर्ने भन्दै प्रश्न गरेका छन्।

उनले ट्वीट गर्दै लेखेका छन् प्रधानमन्त्री नै जब संसदमा असंसदीय शब्द बोल्नुहुन्छ तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्न उचित हुन्न। भनाइ छ हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न मन्त्रीलाई लगाम लगाउन उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। उनले लेखेका छन् प्रधानमन्त्रीज्यू लगाम उपहार पठाउँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस