त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको जहाज चिप्लियो,उडान अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए।

विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको छ।धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए।

शुक्र, असार २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस