प्रचण्डले पूर्व भारतीय राजदूत श्यामशरण संग गोप्य भेटघाट गरेको भन्ने समाचार औचित्यहीन-सचिवालय

असार २७ काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्व भारतीय राजदूत श्यामशरण मुखर्जीसँग अध्यक्षको भेट नभएको प्रस्ट पारेको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्ड र पूर्वराजदूत मुखर्जीबीचको भेटवार्ता भएको समचारमा सत्यता नभएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले स्पस्ट पारेकी हुन्।

उनले फेसबुकमा लेखेकी छिन हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरण संग प्रचण्डले गोप्य भेटघाट गरेको भन्ने समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। कमरेड प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन् बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसंगको समन्वयमै भैरहेका छन्। हालसालै कुनै भारतीय व्यक्ति वा निकायसँग वहॉको त्यस प्रकारको गोप्य भेट भएको छैन। तसर्थ त्यससँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य नियोजित र दुराषययुक्त छन्।

उनले थप लेखेकी छिन तरकारीको बिषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कुप्रचार भर्त्सनायोग्य छ। मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनु पर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ। नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं। धन्यवाद।

शुक्र, असार २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस