लालबाबु पण्डितमाथि सांघातिक आक्रमणको प्रयास, अङ्गरक्षकले जोगाए

असार २७ काठमाडौं आदिवासी जनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्वजिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ।

शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद् बैठकमा सहभागी हुन ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितविरुद्ध आदिवासी जनजाति युवा तथा विद्यार्थीले बैठकस्थलमै नाराबाजी गरेका हुन्।

प्रत्य्क्ष्यदर्शिका अनुसार बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिएर लालबाबु पण्डित राजीनामा दे लोकसेवाको विज्ञापन खारेज गर् लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेका थिए।
मन्त्रीमाथि अपमान र हुलदंगा भएपछि बैठक स्थगित भएको छ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस