काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु अन्य दुई जना धाइते

असार २७ काठमाडौं काभ्रेको बनेपा नगरपालिका ३ मा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

पहिरोले घर बगाउँदा गोमा दंगाल र उहाँकी नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ। बुहारी सुशीला र अर्की नातिनीअनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए। घटनास्थलतर्फ अहिले प्रहरीको टोली गइरहेको छ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस