कांग्रेसमाथि खनिए मन्त्री यादव, इतिहासमा कांग्रेस भारतको सबैभन्दा ठूलो दलाल हो

असार २७ काठमाडौं उद्योगमन्त्री मातृका यादवले कसैले नगरेको काम गर्न हिम्मत गर्दा आफूलाई दलालको बिल्ला भिराइएकोमा गुनासो ब्यक्त गरेका छन्।नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयको छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले भारतीय तरकारी तथा फलफुलको क्वारेन्टाइन परिक्षण गर्ने निर्णय सरकारले फिर्ता लिएको विषयमा उत्पन्न विवादलाई लिएर उनले यस्तो धारणा राखेका हुन्।

उनले इतिहासमा कांग्रेस भारतको सबैभन्दा ठूलो दलाल हो भन्ने आरोप लागिरहेको भन्दै व्यापारिक समस्या सरकारलाई भन्न आग्रह गरे। उनले नेपाली कांग्रेसले यतिञ्जेल सत्तामा बस्दा सँधै नागरिकलाई अर्गानिक खानेकुरा खुवाएको जस्तो व्यवहार देखाएको भन्दै विपक्षी हुँ भन्दैमा जे पनि नबोल्न कांग्रेसलाई आग्रह गरे। उनले भने कांग्रेस यथार्थमा टेकेर बोलोस् अनि मात्र कांग्रेसको इज्जत रहन्छ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस