बाढी पहिरोले ज्यान गुमाउनको संख्या ५० पुग्यो, ३३ जना अझै बेपत्ता यस्तो छ मृतक तथा घाइतेको सूची

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार ३३ जना बेपत्ता सर्वसाधारणको खोजी र भइरहेको छ। हालसम्म एक हजार १०४ जनाको उद्दार गरिसकिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले बताए।

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना ललितपुरमा र भोजपुरमा ५ ५ जना ओखलढुंगामा ४ जना मकवानपुर खोटाङ काभ्रे र सिन्धुलीमा ३ ३ जना धादिङ झापा बारा धनुषा र डोल्पामा २ २ जनाको मृत्यु भएको छ। इलाम उदयपुर सुनसरी पर्सा रौतहट महोत्तरी सिराहा रामेछाप चितवन पाल्पा र दाङमा १ १ जना गरी जम्मा ५० जनाको मृत्यु भएको हो।
यस्तो छ मृतक तथा घाइतेको सूची

आइत, असार २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस