राष्ट्रपतिले आफै छाता ओड्ने हाम्रा गभर्नरलाई कर्मचारी चाहिने ?

सुनौलो नेपाल- काठमाडौं ३० असार केही समयअघि अर्थात बिम्स्टेक सम्मेलनको बेलामा बिदेशी अतिथिलाई स्वागत गर्ने क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र थाइल्याण्डका प्रधानमन्त्री चाङ–ओ चा को तस्बिर सामाजिक संजालमा निक्कै भाईरल भयो ।

जसमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पानीबाट जोगाउन अरुकसैले छाता ओढाएका थिए भने थाइल्याण्डका प्रधानमन्त्री चाङ–ओ चा आफै छाता ओढेका थिए । जसले नेपाली नेताहरुको नोकरशाही प्रवृतिलाई राम्रै संग उजागर गर्यो ।

त्यसको केहि महिना पछि त्यस्तै प्रकृतिको फोटो अहिले सामाजिक संजालमा भाईरल बनेको छ । गत असार २३ गते सोमबार नेपाल राष्ट्रबैंक बालुवाटार भवनको शिलन्यासमा कार्यक्रममा  प्रमुख अतिथिको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारी गएकी थिईन असारको महिना राष्ट्रपति बिद्यादेवी भण्डारी सिलन्यास भवन तिर जाँदै गर्दा झिमझिम पानी परिरहेको थियो । यस्तैमा यस्तो रोचक दृश्य देखियो जसमा देशको सर्वोच्च पदमा आसिन राष्ट्रपति बिद्यादेबी भण्डारीले बर्षातबाट जोगिन आफैले छाता ओडेर हिड्दै गरेकी थिइन भने नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जिबी नेपाललाई उनका सहयोगीले छाता ओढाएर लैजादै गरेको देखिन्थ्यो ।

यसले प्रसाशकहरुको नोकरशाही प्रवृतिलाई अर्कोधारबाट राम्रै संग चित्रित गरेको छ । नेपाली समाजमा अझै पनि नेताहरुको चाकडी गर्ने प्रसाशक र सल्लाहकारहरुको गर्दा बिभिन्न समयमा राष्ट्रपतिलाई वा प्रधानमन्त्रीलाई बदनाम गराएको भन्ने चर्चा पनि सामाजिक संजालमा नभएको होइन।

स्वय राष्ट्रपति बिद्या देवी भण्डारीलाई समेत गणतन्त्रमा पनि राजाकै झल्को दिने गरी विभिन्न क्रियाकलाप गरेको भन्दै आलोचना नभएका होइनन तर यो असार २३ को घटना पछि राष्ट्रपतिको सर्वत्र प्रशंशा भएको छ।

केहि दिन अगाडी मात्र राष्ट्रपति लो प्रोफाइलमा बस्नुपर्नेमा राजतन्त्रको भन्दा बढी वैभवपूर्ण बनाउन खोजेको राजा र प्रजाजस्तो दर्जा देखाउन खोज्दा आफुलाई दुःख लागेको बताउदै आफु भए जनतासंग हात मिलाउदै हिड्ने भन्दै राष्ट्रपतिको चर्को आलोचना गरेकी नेकपा नेतृ राम कुमारी झाक्रीले समेत राष्ट्रपतिको यो फोटो पोष्ट गर्दै प्रशंसा गरेकी छन्।

यस्तो छ झाक्री फेसबुक पोष्ट

सधै नेताको आलोचना मात्रै गर्छन भन्ने नेपाली जनताले समेत राष्ट्रपतिको यो कार्यको भने सर्वत्र प्रशंसा गरेका छन्। शाषकहरुले सामान्य कुरामा यसरी ध्यान दिन सके आलोचना मात्र नभई प्रशंशा समेत बटुल्न पाइन्थ्यो कि ?

सोम, असार ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस