एकाएक संसद स्थगन भएपछी जंगीए देउवा र नेपाल, कसको इशारामा स्थगन गरेको ?

असार ३० काठमाडौँ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेताहरुले नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव अस्वीकार गर्दै साउन ८ गतेसम्मका लागि संसद स्थगित गरिएकोमा असन्तुष्टि जनाएका छन्।

संसदको नियमित प्रक्रिया स्थगित गरेर बाढीपहिरो पीडितका लागि सञ्चालित राहत तथा उद्धार कार्यमा केन्द्रित भएर छलफल गर्नुपर्ने भन्दै कांग्रेस र राजपाले सोमबार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए। तर संसद सचिवालयले सूचना टाँसेर साउन ८ गते १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिदियो।

सत्ता पक्षकै वरिष्ठ नेता माधवकुमार नेपालले राहत र उद्धारका लागि पर्याप्त छलफल जरुरी भएका बेला संसद स्थगित गरिएकोमा रअसन्तुस्टी ब्यक्त गरेका छन्। उनले यस विषयप्रति आश्चर्य ब्यक्त गर्दै भने संसद किन स्थगित भयो? त्यो तपाईँहरु अनुमान गर्नुस सायद सरकार राहत र उद्धारमा जुटेकाले हुन सक्छ । यद्यपि देशमा आएको प्राकृतिक विपत्तिबारेमा पर्याप्यत छलफल जरुरी थियो। अब त्यो हुने अवस्था रहेन।

त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई कसैले तर्साएर संसद स्थगित गर्न लगाएको दाबी गरेका छन्।

सोम, असार ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस