आदिबासी जनजाती भाषामा आधारीत फिल्म तथा म्युजिक भिडियो अवार्ड हुदै

सुनौलो नेपाल – नेपाली इतिहासमै पहिलोपटक आदिबासी जनजातिहरुको भाषामा निर्माण भएका फिल्म तथा म्युजिक भिडियोलाई सम्मान गर्ने उदेश्यले “ज्योमो गाङ फिल्म तथा म्युजिक अवार्ड २०१९ ” हुने भएको छ।

०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोहरु मध्यबाट उत्कृष्टहरुलाई सम्मान गर्ने उदेश्यले आगामी भदौ ७ गते हुकुम मल्टिमिडियाले सो अवार्ड थाइल्यान्डमा आयोजना गर्न लागेको हो ।

सोमबार राजधानीमा आयोजित प्रेसमिटमा अवार्डबारे जानकारी दिदै ०७३ सालदेखि ०७५ सालसम्म आदिबासी जनजातिहरुका भाषामा निर्माण भएका उत्कृष्ट फिल्म र म्युजिक भिडियोहरु सम्मान गर्न नेपाली इतिहासमै पहिलोपटक सो कार्यक्रम आयोजना गर्न लागीएको हुकुम मल्टिमिडियाका अध्यक्ष डीबी बम्जनले दिए ।

घोषणा समारोहमा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति फिल्मको अन्तराष्ट्रियकरण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा हुने बताए ।

सोही समारोहमा चलचित्र प्राविधिक संघले गर्न लागेको नेफ्टा अवार्डको मिति समेत घोषणा भएको छ । अध्यक्ष पुष्कर लामाले आगामी दशैंदेखि तिहारभित्र विदेशमै अवार्ड गर्ने तयारी भएको जनाए ।

नेपालमा सो अवधीमा कूल ६३ फिल्म तथा म्युजिक भिडियो निर्माण भएका छन् ति फिल्महरु मध्यबाट उत्कृष्ट पाँच र म्युजिक भिडियोबाट उत्कृष्ट पाँच मनोनयन गरिने छ। ति मध्यबाट फिल्मतर्फ कूल १६ र संगीततर्फ ११ विधालाई अवार्ड प्रदान गरिने अध्यक्ष बम्जनले जानकारी दिए ।

सोम, असार ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस