यातायातमन्त्री महासेठको अर्को कमाल:श्रीमतीको कम्पनिको ब्रह्मलुट कायम राख्न महानिर्देशकको सरुवा !

असार ३० काठमाडौं यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहाल विभाग आएको चार महिनामै सरुवा भएको छ।पछिल्लो सयम गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनमा व्यवसायीको एकाधिकार हटाउनमा दहालले काम सुरु गरेका थिए ।नयाँबसपार्क व्यवस्थापनको नाममा अर्बौ रुपैया कुम्ल्याउदै आएको
ल्होत्से बहुउद्देश्यीय सहकारी संस्थामा यातायातमन्त्री रघुवीर महासेठले श्रीमती जुली महतोको नाममा ३५ प्रतिशत लगानी गरेका छन् । त्यसैको आडमा गोंगबुस्थित नयाँ बसपार्कमा रहेको एक सय ६५ रोपनी जमिन काठमाडौं महानगरपालिकाले ०५६ चैत १९ गते ल्होत्से बहुउद्देशीय सहकारीलाई ४५ वर्षसम्मका लागि सञ्चालनको अनुमति दिएको छ ।

बसपार्क भनेर सञ्चालन गरिएको उक्त जग्गामा बनेका व्यवसायिक कम्प्लेक्स सपिङमल र बसपार्क नै ओगटेर पसल होटल र लज सञ्चालन हुँदा बसपार्क साँघुरिएको छ भने यसबाट ल्होत्से बहुउद्देश्यीय सहकारीले अर्बो मुनाफा गर्दै आईरहेको छ ।ल्हात्सेले नयाँ बसपार्कमा सञ्चालनमा रहेका विभिन्न बस कम्पनीका काउन्टरबाट र मल तथा कम्पलेक्सहरुबाट वार्षिक करिब ३२ करोड रुपैयाँ आम्दानी गरिरहेको महानगरपालिका राजस्व विभागका एक कर्मचारी बताउछन । यसरी नाफा कमाइरहेको आफ्नो संस्थामाथि विभागका महानिर्देशक कुमार प्रसाद दाहालको प्रस्ताबले आफ्नै कमाईमा झट्का लाग्न थालेपछि र आफुले भनेजस्तो नहुने भएपछि यातायातमन्त्री महासेठले हतारहतार मन्त्रीपरिषदको बैठकमा प्रस्ताब लगेर बिनाकारण सरुवा गरेका छन् ।

पछिल्लो समय यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले उपत्यकाकै ठूलो बसपार्कलाई कोही व्यवसायीको एकलौटी कब्जामा नराखौं । यसबाट उठेको हिसाब किताब पारदर्शी राखौ । अहिले टिकट काउन्टरमा पनि बस कम्पनीको एकाधिकार छ त्यो हटाउँ भन्ने प्रस्ताब ल्याएर आएका थिए ।
बिचौलियाको अत्यधिक उठबसले मालदार अड्डाका रुपमा चिनिँदै आएको विभागको नेतृत्वमा दाहाल आएपछि सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन यात्रु सुरक्षाका लागि लामो रुटमा चल्ले सवारी साधनले सिट क्षमताभन्दा धेरै यात्रु बोके रुट इजाजत नै खारेज गर्ने लगायत १५ बुँदे कार्ययोजना अघि सारेका थिए । यातायातको राजस्व तिर्न कार्यालय जानु नपर्ने प्रणाली लागु गर्ने नक्कली लाइसेन्स हटाउने ड्राइभिङ सेन्टरका लापरवाही एवं अनधिकृत क्रियाकलाप अन्त्य गर्ने र दैनिक २० हजारका दरले भित्रिरहेका भारतीय नम्बर प्लेटका सवारी साधन नियन्त्रण गर्ने योजना थियो । इम्बोस्ड नम्बर प्लेटको लागत बढी भएको भन्दै त्यसमा पुनरावलोकनका लागि समेत उनले अध्ययन थालेका थिए ।

यातायात मन्त्री रघुबीर महासेठ मन्त्रालयमा आएपछि यातायात व्यवस्था विभागमाविगत एकवर्षमा चारजना महानिर्देशक सरुवा भएका छन् । ०७३ फागुन २१ बाट विभागमा आएका रुपनारायण भट्टराई ०७५ जेठ ११ मा मन्त्रालय तानिएका थिए । बिशेषगरि यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न कम्मर कसेर लागेका भट्टराईलाई मन्त्रालयमा तानेपछि सरकारको सिण्डिकेट अन्त्यको नारा एकादेशको कथा बनेको छ ।त्यसपछि जेठ १२ गतेबाट विभागकै इन्जिनियर प्रेमकुमार सिंहले साउन १३ सम्म विभागको कामु महानिर्देशकको रुपमा काम गरे । ०७५ साउन १४ बाट महानिर्देशक लावण्यकुमार ढकाल ०७५ फागुन २१ गतेसम्म विभागमा रहेका थिए । हालका निवर्तमान महानिर्देशक दहाल ०७५ फागुन २७ बाट विभागमा आएका थिए ।

त्यस्तै भारतीय नम्बरप्लेटका सवारीहरुलाई नेपालमा सञ्चालनमा कडाइका लागि पनि दहालले योजना अघि सारेका थिए ।

सोम, असार ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस