आदर्श नारी विकास केन्द्रको रजत महोत्सवको आम्दानी खर्चको बिबरण सार्बजनिक

आशा खरेल असार ३० चितवनआदर्श नारी विकास केन्द्रको २५ औं रजत महोत्सवका अवसरमा भएको कार्यक्रमको आम्दानी तथा खर्च विवरण आज सार्वजनिक गरेको छ । उक्त कार्यक्रम गत बर्ष बैशाख १६ गतेदेखि संस्था स्थापना दिवस जेठ १६ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाईएको थियो । कार्यक्रम अन्तर्गत समाज कल्याण केन्द्र वृद्धा आश्रम देवघाट  रामजानकी बालिका आश्रम देवघाट सडक बालबालिका पुनस्थापना केन्द्र नारायणगढ र असहाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र मा खाना खुवाउने छात्रवृत्ति वितरण वक्तृत्वकला प्रतियोगिता स्वास्थ्य शिविर सकारात्मक सोचबारे प्रवचन कार्यक्रम साहित्यिक कार्यक्रम अन्तरर्किया कार्यक्रम रजत स्मारिका प्रकाशन र्याली प्रदर्शन बिशिस्ट ब्यक्ति सम्मान कार्यक्रम सम्पन्न गरेको थियो ।

सोही कार्यक्रममा भएको खर्च र आम्दानी सम्बन्धि विवरण आज कृष्णपुरको आदर्श मार्गमा रहेको आदर्श गृहकाे भवनमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । सोही केन्द्रका रजत महोत्सव मूल समारोह समितिका संयोजक मिना खरेलले आय ब्यय सम्बन्धी विवरण प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा कुल आम्दानी सत्र लाख त्रिपन्न हजार छ सय सत्ताईस रुपैयाँ भएको थियो ।

त्यसैगरी तेह्र लाख दस हजार दुई सय पन्ध्र रुपैयाँ खर्च भएको थियो । चार लाख त्रिचालिस हजार चार सय बाह्र रुपैयाँ बचत बचत भएको छ । बचत रकममध्ये दुई लाख एकाउन्न हजार रुपैयाँ सोही केन्द्रको अक्षय कोष निर्माणका लागि राखिएको छ । त्यसैगरी रजत महोत्सवबाट बचत भएको रकमबाट एक लाख सतासी हजार चार सय बाह्र रुपैयाँ आदर्श गृहको भान्सा कोठा निर्माणको लागि खर्च गरिएको छ ।सोही कार्यक्रममा सहयोग गर्ने संस्थाका सम्पुर्ण सदस्यहरु सहयोग गर्ने दाताहरुउधोग ब्यवसायी लगाएत सामाजिक संघ संस्था एवम् शुभेच्छुक सदस्य पत्रकारहरु सम्पुर्णलाई धन्यवाद व्यक्त गरिएको थियो ।

सो कार्यक्रममा संस्थाका सल्लाहकारहरु ई भोजराज कौडाल देवी पाठक बिष्णुदेवी बुढाथोकी कार्यपालिका सदस्य पवित्रा केसी वडा सदस्यहरु भरतपुर महानगरपालिकाका उप सचीव एवम् महिला विकास अधिकृत शान्ता कुमारी पौडेल स्मारिका प्रकाशनका संयोजक उषा खरेल सुवेदी आर्थिक समितीका संयोजक मेनुका काप्री स्मारिका सम्पादक सदस्य अर्जुन अधिकारी भानुभक्त कडेल  सस्थापक सदस्यहरुको करिब सत्तरी जनाको उपस्थितिमा कार्यक्रम भएको थियो । सो कार्यक्रम आदर्श नारी विकास केन्द्रका अध्यक्ष सरिता केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सोम, असार ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस