राप्रपा संयुक्तको प्रवक्तामा किरण गीरी नियुक्त

सुनौलो नेपाल – राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको प्रबक्तामा किरण गिरी नियुक्त हुनुभएको छ ।

लामो समय देखी पार्टीका बिभिन्न जिम्मेवारीहरु कुशलता पुर्वक सम्हाल्दै निकै क्रियाशिल रहनु भएका गीरीलाई असार २९ गते पार्टीले प्रबक्ता चयन गरेको हो ।

पार्टी अध्यक्ष द्वय डाक्टर प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा द्वारा हस्ताक्षरीत नियुक्ति पत्रमा भनिएको छ पार्टीलाई एउटा बलियो प्रजातान्त्रिक शक्तिको रूपमा देश बिदेशमा परिचय गराउन महत्त्वपूर्ण भुमिका खेल्नुहुनेछ भन्ने बिश्वासका साथ यो जिम्मेवार पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।

सोम, असार ३०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस