नेपालको पक्षमा साझा पार्टीको बोल्ड निर्णय बिदेशी गुप्तरसंगको भेट रोक्ने निर्देशिका जारी(भिडियो)

३१ असार, काठमाडौं । साझा पार्टीले आफ्ना नेताहरुलाई गुप्तचर निकायका सदस्यसँग भेट गर्न रोक लगाएको छ ।मंगलबार सार्वजनिक पार्टीको निर्देशिकाको छैटौं बुँदामा पार्टी केन्द्रीय समितिका सदस्यहरुले कुनै पनि गुप्तचर निकायका सदस्यसँग भेट गर्न पाउने छैनन् भनिएको छ ।

साथै औपचारिक कार्यक्रम वा पार्टीको विदेश विभागले अनुमति दिएको काममा मात्र दूतावास जान पाइनेछ ।विदेशी दूतावासका सदस्य एवं विदेशीहरुसँगको भेट पार्टी कार्यालय वा तटस्थ स्थानमा मात्र भेट्नुपर्ने भेटमा विभागका एक सदस्यलाई राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । दूतावास वा आईएनजीओले राजनीतिक अर्थ र असर राख्ने कार्यक्रममा बोलाए पार्टीलाई जानकारी गराउनुपर्ने र पठाउने नपठाउने निर्णय विदेश विभाष्ले गर्नेछ ।निर्देशिका पालना नभए विदेश विभागले स्पष्टिकरण सोधेर अनुशासनको कारबाहीका लागि सिफारिस गर्नेछ ।

मङ्ल, असार ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस