संचार क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई साप्ताहिक निस् शुल्क योग बिज्ञान शिविर पतञ्जलि योग समिती चितवनले सुरु ग¥यो

असार ३१
चितवन आशा खरेल

पतञ्जलि योग समिती चितवन द्वारा आयोजित संचार क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई साप्ताहिक निस् शुल्क योग बिज्ञान शिविर सुरु भएको छ । गरौं योग रहौं निरोग भन्ने मुल मन्त्रका साथ यहि असार २७ गतेदेखि सुरु भएको योग साधना कार्यक्रम साउन २ गते समापन हुने भएको छ ।आज पाँचौ दिनसम्म आईपुग्दा योगबाट जस्तोसुकै रोगलाई निवारण गर्न सकिने आकलन गरिएको छ । प्रदेश नम्बर ३ का युवा सम्योजक तथा केन्द्रिय सदस्य पतञ्जली योग समितिका योग गुरु लोकनाथ खनालले पत्रकारहरुलाई प्रशिक्षण दिनु भएको छ । खनालले विभिन्न आसनहरुको बारेमा पनि जानकारी गराउनु भएको थियो ।जसमध्ये अनिवार्य रुपमा गरिने आसन बज्र आसन, पद्यमा आसन, ध्यान आसन, सुखा आसन,मन्डुक आसन लगाएतका आसनको बारेमा जानकारी गराउनु भएको थियो ।

योग विधि पछाडि आज गुरु पुर्णिामाको अवसर पारेर सम्पुर्ण गुरुलाई स्मरण गर्दै स्वस्ती वाचन गरिएको थियो । स्वस्ती वाचन योग गुरु लोकनाथ खनालले गराउनु भएको थियो । पत्रकार आशा खरेलले सो कार्यक्रमको प्रमुख कर्ताको रुपमा पुजा अर्चना गर्नु भएको थियो । उक्त कार्यक्रममा आदर्श गृहका बालबालिकाहरुले सर्वाङग् सुन्दर व्यायाम प्रदर्शन गरेका थिए । गृहका योग प्रशिक्षक टेकप्रसाद चापागाईंको नेतृत्वमा १५ जना बालबालिकाहरुको उपस्थिति रहेको थियो । गृहका बालबालिकाहरुले कठिन आसनहरु समेत प्रदर्शन गरेर देखाएका थिए । जसमा उनीहरुले शिर्ष आसन, श्रवाङग् आसन, नौलीचक्र आसन, चक्र दण्ड, सेयर दण्ड,मिश्र दण्ड आदि आसनहरु गरेर देखाएका थिए ।
त्यसैगरी ७७ वटै जिल्ला भ्रमणका लागि चितवन आएका साईकल यात्री बालकृष्ण शाहीले योगको माध्यमबाट सबै जनमानसहरुलाई निरोगी रहेर दीर्घ जीवन जीउनको लागि सन्देश मुलक यात्रा तयार गर्नु भएको छ । १२ वटा जिल्ला भ्रमण गरेर चितवन जिल्लामा हिजो सोमबार साँझ ५स्३० बजे आउनु भएको थियो । आज उहाँको यात्रा नारायणगढबाट सुरु भएर टाडि भण्डारा हुँदै हेटौंडा प्रस्थान गर्नु भएको छ । आज बिहान ९ बजे साईकल यात्रा गरेर साँझ ६ बजे हेटौंडामा पुग्ने जानकारी दिनु भयो ।
सो कार्यक्रममा पत्रकारको योग अभियानलाई विशेष रूपमा सहयोग र्पुयाउने हेतुले पतञ्जलि योग समिती नेपालका संरक्षक सदस्य एवं बरिस्ठ समाजसेवी उमा शंकर अग्रवाल एवं पतञ्जली योग समिती नेपालका आजिवन सदस्य तथा चितवन जिल्लाका संरक्षक सदस्य एवं देवघाट क्षेत्र विकास समितीका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले विशेष रूपमा सहयोग मञ्च ब्यवस्थापन एवं पत्रकारहरुलाई योग अभियानमा जुटाउनका लागि पहल गर्नु भएको हो । पतञ्जली योग समिती नेपालको आजिवन सदस्य बन्नको लागि १ लाख ६० हजार रुपैयाँ त्यसैगरी संरक्षक सदस्य बन्नको लागि ४ लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ । चितवन जिल्ला बाट १ जना संरक्षक सदस्य उमा शंकर अग्रवाल लगाएत ११ जना आजिवन सदस्य रहनु भएको छ । केन्द्रिय कार्यालय नारायणगढमा रहेको पतञ्जली योगमा दैनिक रूपमा २५ देखि ५० जनासम्मले साधना गर्दै आउनु भएको छ । उहाहरुले बिहान ४स्३० देखि ६स्३० बजेसम्म नियमित रूपमा योगा गर्नु भएको छ । पतञ्जली योग समिती चितवनले ६र६ महिनामा सहयोग शिक्षक तालीम दिलाएर योग शिक्षकहरु उत्पादन गर्ने गरेको छ । यस तालीम दिनको लागि केन्द्रबाट केन्द्रिय प्रभारी लवदेव मिश्र, बरिस्ठ योग शिक्षक लोकनाथ खनाल, हरिबहादुर केसी,बिष्णु दवाडी, प्रदेश सदस्य एकनारायण भुषाल, महिला अध्यक्ष प्रेमकुमारी पाण्डे,महामन्त्री श्रीकान्त काफ्ले, प्रदेश सल्लाहकार सदस्य शुशिला काफ्ले,जिल्ला उपाध्यक्ष केदार देवकोटा, भरतपुर महानगरपालिकाका संयोजक रमेशबावु ढकाल, जिल्ला सदस्य माधव प्रसाद वास्तोला लगाएत जिल्ला अध्यक्ष रामप्रसाद वस्तीले समेत प्रशिक्षण दिने गर्नु भएको छ । यसलाई सबै जन समक्ष र्पुयाउनका लागि पतञ्जली योग समिती चितवनका सुचना प्रभारी बिस्णु प्रसाद वाग्लेले मुख्य जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ ।

चितवन जिल्लामा नेपालकै पहिलो भवनका रुपमा बनेको पतञ्जली भवनलाई विभिन्न समाजसेवी, उधोगपती,व्यापारी,बुद्धिजिवि वर्गहरु लगाएत सम्पुर्ण योग शिक्षकबाट यस भवनको २०७१ सालमा निर्माण भएको हो । यसमा नेपाल सरकारको कुनै पनि सहयोग नरहेको जिल्ला अध्यक्ष वस्तीले जानकारी दिनु भयो । यस पतञ्जली भवनको समुद्घाटन २०७३ साल मंसिर ११ गते योग ऋषि स्वामी रामदेव जि महाराज एवं आयुर्वेद शिरोमणि आचार्य, बालकृष्ण जि महाराज द्वयको करकमलबाट संयुक्त रुपमा उद्घाटन भएको थियो । यस भवनको निर्माण लागत मूल्य ७५ लाख रुपैयाँ खर्च भएको छ । सो भवन निर्माणका लागि नेपाल आमाले सम्मानित हुनु भएकी पुर्व सांसद दानविर आमा सुश्री मैयाँदेवी श्रेष्ठबाट १४ धुर जग्गा मैयादेवी मार्गमा प्रदान गर्नु भएको हो । उक्त भवन बनाउनको लागि पतञ्जली योग समिती नेपालका संरक्षक सदस्य शम्भु प्रसाद दाहालबाट सबैभन्दा बढी रकम ५ लाख प्रदान गरि भवन निर्माण गर्ने कार्यमा उत्प्रेरणा जगाउनु भएको थियो ।
यसैगरी पतञ्जली योग समिति चितवनले भोलि बुधबार गुरु पुर्णिामाको अवसर पारेर बिहान ७स्३० बजे वागेस्वरी गुरुकुलमा अध्ययनरत २१ जना र गौसेवक योगिनरहरी नाथका शिष्यहरु समेतगरी ४५ जनालाई भण्डाराको ब्यवस्था गरेको छ । साउन महिनाभरी नै योग शिक्षकले पालैपालो १र१ दिन खुवाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । पतञ्जली चितवनले भने भण्डारा अभियान ३ सय ६५ दिन नै चलाउने जानकारी दिएको छ । दैनिक रुपमा १ जनाले पालैपालो खाना खुवाउने समेत अध्यक्ष वस्तीले बताउनु भयो । १ दिनको खानाको लागि ५ हजार खर्च गर्ने जनाएको छ । पतञ्जली चितवनले योग गर्न जानेहरुका लागि नियमित रुपमा निशुल्क योग साधना तालीम दिदै आएको छ । हाल चितवनमा २५ वटा पतञ्जली योग बिज्ञान शिविर रहेका छन ।

मङ्ल, असार ३१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस