भ्रष्टाचार आरोपमा पूर्वप्रधानमन्त्री पक्राउ

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी पक्राउ परेका छन् । राष्ट्रिय जवाबदेही ब्यूरो एनएबी ले लिक्विफाइड नेचुरल ग्यास एलएनजी को आयात ठेक्का मामिलामा अब्बासीलाई पक्राउ गरेको हो । एनएबीले ठेक्कापट्टामा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।
एक्सप्रेस न्यूजका अनुसार मुस्लिम लीग (नवाज) का वरिष्ठ उपाध्यक्ष अब्बासीलाई लाहौर टोल प्लाजा नजिकैबाट पक्राउ गरिएको हो । मुस्लिम लीगले उनको गिरफ्तारीको पुष्टि गरेको छ ।

एनएबीले एलएनजी टर्मिनलको ठेक्का मामिलाका बारेमा बिहीबार छलफलका लागि उपस्थित हुन अब्बासीलाई निर्देशन दिएको थियो । तर निजी व्यस्तताका कारण अब्बासी उपस्थित नभएपछि उनलाई गिरफ्तार गरिएको बताइएको छ । भ्रष्टाचार गरेको प्रमणित भएपछि नवाज शरीफले प्रधानमन्त्री पद त्याग्नु परेको थियो । त्यसपछि अब्बासीले शासन सत्ता सम्हालेका थिए । उनी १ अगस्ट २०१७ देखि ३१ मे २०१८ सम्म प्रधानमन्त्री रहेका थिए ।

बिहि, साउन २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस