सरकारले गर्यो ५ श्रीलंकन नागरिकलाई देशनिकालाको निर्णय

साउन २ काठमाडौँ गैरकानुनी रुपमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई सरकाले निष्काशन गर्ने निर्णय गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले यसको जानकारी दिएका हुन्।

पाँच श्रीलंकन नागरिकलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरेर निष्काशित गरिएको मन्त्री बाँस्कोटाले जनाए। त्यस्तै पत्रकार सम्मेलनमार्फत प्रवक्ता बाँस्कोटाले सरकारले काठमाडौँ उपत्यकामा सञ्चालनका लागि ३ सयवटा बिजुली बस किन्ने निर्णय गरेको पनि जनाकारी दिए। उनले ती बस किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेलाई तीन अर्ब रुपैयाँ सरकारको सेयर लगानीकारुपमा उपलब्ध गराउने निर्णय गरेको बताए।

काठमाडौँको ट्राफिक व्यवस्थापनमा ठूला बस सहयोगी हुने भन्ने ठानेर सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिए।सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

बिहि, साउन २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस