बास्कोटा भन्छन लोकप्रिय हुँदा मुल्य चुकाउँनुपपर्दो रहेछ।

साउन ३ काठमाडौँ कालीप्रसाद बास्कोटा संगीत क्षेत्रमा जति लोकप्रिय छन् उति नै बदनाम पनि। पटकपटक विवादमा तानिएका बास्कोटा अहिले फेरी अर्को लफडामा परेका छन्।

केहि महिनाअघि उनलाई इन्स्टाको फोटो चोरी गरेको आरोप लागेको थियो। त्यसभन्दा अघि पनि विभिन्न झमेलामा पर्दै छुट्दै आएका थिए। पछिल्लो समयको इन्स्टावाला काण्ड सेलाउन नपाउँदै यि गायकलाई पुनः अर्को चोरीको आरोप लागेको छ। एक हप्ताअघि सार्वजनिक कालीको शब्द संगीतमा निर्माण भएको समाचार बोलको गीतमा बिक्की महतको गीत बुझाई देउ न बोलको गीतको संगीतसँग ठ्याक्कै मिलेको आरोप लगाइएको छ। महतले महानरीय प्रहरी परिसर टेकुमा उजुरी समेत दिएका छन्।

यस विषयमा कालीप्रसादले भने उक्त गीतसँग आफ्नो गीतको संगीत नमिलेको दाबी गरेका छन्। उनले यो सब लोकप्रिय हुँदा मूल्य चुकाउनुपरेको बताउँछन।
उनले जे सुन्यो त्यसकै पछाडि लाग्ने भीडसँग वादविवाद गर्न नसकिने धारणा राख्दछन।

इन्टाको फोटो गीत चोरीको बिषयलाई लिएर उनले भने म केही हदसम्म प्रभावित भएको हुँ तर चोरी नै गर्छु भनेर सबै चोरेको छैन। तपाईँ चार पटक दुबै गीतको कड बजाएर तुलना गर्नुहोस् मिल्यो भने मलाई चोर भन्न आउनुहोस्। संगीतमा नयाँ प्रयोग गर्दा प्रभावित हुनुलाई नराम्रो मान्न नहुने उनको तर्क गर्दै उनले भने संगीतमा क्रान्ति गर्ने ठाउँ राखिएको हुन्छ। त्यहाँ यतिसम्म प्रभावित हुन मिल्छ भनिएको हुन्छ तर यसैलाई पछ्याउँदा यहाँ त चोर भइँदोरहेछ।

शुक्र, साउन ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस