हातमा मेहँदी लगाउँदै हुनुहुन्छ? यस्ता छन् मेहँदीका फाइदै फाइदा

साउन ३ काठमाडौँ साउन महिना नारीका लागि विशेष मानिन्छ। यो महिनामा नारीहरु व्रत बस्ने हरियो पहेँलो र रातो पहिरनमा सजिनुका साथै शृंगारमा पनि रङको विशेष संयोजन मिलाउँछन्। त्यसैले नारीका लागि साउन महिनामा मेहँदीको विशेष महत्व रहने गर्छ।

मेहँदीले हार्मोनलाई प्रभावित गर्दछ साथै रक्तसञ्चार (ब्लड प्रेसर)लाई समेत नियन्त्रणमा रख्दछ। मेहँदीले दिमागलाई शान्त र तेज पनि बनाउने काम गर्छ। श्रावणको महिनामा हरियो रंगको वस्त्र लगाउनाले सौभाग्यमा वृद्धि हुने र पतिपत्नीका बीच स्नेह बढ्दछ। हरिया रंग उर्वराका प्रतीक मान्ने गरिन्छ। साउन महिनामा प्रकृतिमा भएको बदलावले हार्मोन्समा बदलाव हुन्छ जसको प्रभाव शरीर र मनमाथि पर्छ जसले स्त्रीपुरूषमा काम भावनाको अनुभूति बढाउँछ।

धर्म संस्कृति र सौन्दर्यसँग पनि जोडिएर आउने मेहँदी लगाउने परम्पराले साउन महिनालाई मेहँदी नै लगाउने महिनाका रुपमा चिनाएको छ। आजभोलि यो फेसन वा देखासिकी रुपमा विकास भए पनि परापूर्वकालदेखि नै आयुर्वेदमा महत्वपूर्ण औषधिका रुपमा मेहँदीलाई हेर्ने गरिएको छ। तर अचेल बजारमा शुद्ध मेहँदीभन्दा पनि अशुद्ध र केमिकल मिसाइएको मेहँदीको बढी प्रयोगले त्वचागत रोग उत्पन्न हुने खतरा पनि सँगसँगै बढेको पाइन्छ।

शुक्र, साउन ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस