अदालतले पक्राउ पूर्जी जारी गरेपछि छवि र शिल्पा दुवैलाई खोज्दै प्रहरी

साउन ८ काठमाडौं निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ। बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

पूर्जी जारी भएको पुष्टि गर्दै काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल कालिमाटीले अनुसन्धान थालेको जानकारी दिए।

छविराज ओझाकी पहिलो पत्नी हेमा ओझाले उनिहरुबिरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी थिइन। आफूलाई झुक्काएर पति छवि ओझा र शिल्पाले अर्को विवाह गरेको भन्दै ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी हुन्। अहिले प्रहरीले शिल्पा र छवि दुबैलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ।

बुध, साउन ८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस