बलेवा सेवा समाज जापानको बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न

सुनौलो नेपाल – जापानलाई कर्मभूमि बनाई बसिरहेका बाग्लुङ्ग बलेवाका जापानबासी बलेवालीहरुको सामाजिक संस्था बलेवा सेवा समाज जापानले २०१९ जूलाई २४ तारिखका दिन टोकियोको तोनेरी कोयन स्टेशनको नजिक रहेको तोनेरी कोयनमा  बिसेष कार्यक्रम  सम्पन्न गरेका छन ।

जन्मभूमिबाट टाढीएर प्रवासको ठाउमा रहेका बलेवालीहरुको एकता-सद्भाब र भाईचारा हामी बिचमा सदा रहिरहोस् भन्ने मनसायका साथ बिगत देखिनै समय समयमा बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले बार्बिक्यु पार्टी  तथा सम्मान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सेबक पिसीले बताउनु भयो ।

यस बार्बिक्यु  तथा पिकनिक कार्यक्रममा कत्तारबाट जापान भ्रमणमा रहनु भएका बाग्लुङ्ग समाज कत्तारका भूपू अध्यक्ष रमेश भट्ट र उहाँको धर्मपत्नी जयन्ती भट्ट लाई बार्बिक्यु पार्टीमा आमन्त्रण गरि सम्मान गरिएको थियो ।

हर्ष-उमंगका साथ गरिएको प्रथम बार्बिक्यु पार्टीलाई तन-मन र धनले सहयोग गर्नु हुने, तयारीका लागि खट्नु हुने तयारी आयोजक समितीका सबै जनालाई, उपस्थित सम्पूर्ण बलेवाली दाज्युभाई तथा दिदीबहिनीहरुलाई, बलेवालीका आफन्तजन एवं साथीहरु सबैलाई बलेवा सेवा समाज जापान कार्यसमिति परिवारको तर्फबाट संस्थाका महासचिब टिकाराम रिजाल ( बिमल) ज्यूले हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

बिहि, साउन ९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस