भारतीय कप्तान बिराट कोहली र रोहित शर्मा बीच झगडाको हल्ला

नयाँ दिल्ली : भारतीय क्रिकेट टोलिका कप्तान विराट कोहलीले सहकर्मी रोहित शर्मासँग सुमधुर सम्बन्ध रहेको दावी गरेका छन्।
रोहितसँग पछिल्लो समय कोहलीको झगडा भएको समाचार सार्वजनिक भएपछि कोहलीले त्यसबारे स्पष्ट पार्दै भनेका छन् यो हास्याँस्पद र अपमानजक छ। भारतीय टोली आफ्नो प्रदर्शनमाथी केन्द्रित भइरहेका बेला खेलाडीको व्यक्तिगत जिवनका विषयलाई जोडेर बाहिर ल्याउनु राम्रो होइन भारतीय टोली अमेरिका र वेस्ट इन्डिजको भ्रमणमा निस्कनु अघि कोहलीले भनेका छन्।
भारत गत एकदिवशीय विश्वकपको सेमिफाइनलबाट बाहिरिएपछि यी दुई खेलाडीबीच विवाद सुरु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले समाचारहरु प्रकासित गरेका थिए।

कोहलीले विश्वकपमा भारतले गरेको प्रदर्शनलाई लिएर धेरै ठाउँमा आफुले स्याबासी पाएको स्मरण गर्दै सन्चार माध्यमले व्यक्तिगत जिवनका विषयबारे लेखेर टिमले समग्रमा गरेका राम्रा कामलाई ओझेलमा पार्ने काम गरेको बताए। उनले भने मैले ११ वर्ष र रोहितले १० वर्षदेखि भारतका लागि खेलिरहेका छौँ । म टोलीलाई कसरी राम्रो बनाउने भनेर सोचिरहँदा तपाईहरु यस्ता हास्यास्पद विषयमा लेखिरहनु भएको छ।

कोहलीले टिमभित्र राम्रो वातावरण भएकै कारण पछिल्ला २/३ वर्षयता राम्रो प्रदर्शन सम्भव भएको बताएका छन्। यदि ड्रेसिङ रुमभित्रको वातावरण राम्रो थिएन भने हाम्रो यस्तो प्रदर्शन सम्भव हुने थिएन। अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्न ड्रेसिङ रुम र विश्वासको वातावरण राम्रो हुनु कति आवश्यक छ मलाई राम्रो थाहा छ। कोहलीको भनाई छ।

मङ्ल, साउन १४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस