अभिनेता सलमान खानले अभिनेत्री सोनाक्षी सिन्हालाई यस्तो दबाब दिएपछि…

साउन १५ काठमाडौं
एजेन्सी अभिनेता सलमान खानले अभिनेत्री सोनाक्षी सिन्हालाई दुब्लाउन निर्देशन दिएका छन्। खानको निर्देशनमा आफू दोस्रोपटक दुब्लाएको  सिन्हाले बताएकी छन्।

एक दशकअघि आफू निकै मोटी भएको र दुब्लो भएको खण्डमा फिल्ममा नायिका लिन्छु भनेर सलमानले वचन दिएपछि निकै मेहनत गरेर आफू दुब्लाएको सोनाक्षीले बताइन्। सोनाक्षी दुब्लाएपछि सलमानले आफ्नो फिल्म दबंगमा सन् २०१० मा नायिका बनाएका थिए।

यसपटक एउटा फिल्मको लागि मोटाएकी सोनाक्षीलाई नयाँ फिल्म दबंग–३ का लागि सलमानले फेरि दुब्लाउन दबाब दिए। त्यसका लागि आफूले फेरि तौल घटाएको यी अभिनेत्रीले बताएकी छन्। सोनाक्षीको भनाइमा सलमान खानलाई उनलाई मोटोभन्दा दुब्लो रूपमा देख्न चाहन्छन्।

 

बुध, साउन १५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस