वर्ष खेलाडीको मनोनयन आज सार्वजनिक गर्दै फिफा

साउन १५ काठमाडौं
एजेन्सी फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक आज बुधबार हुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सबै विधाका लागि १०–१० खेलाडीको मनोनयन सार्वजनिक गर्ने भएको हो।फिफा वर्ष खेलाडी पुरुषको मनोनयन नेपाली समयअनुसार साँझ ७ः४५ मा हुनेछ।

त्यसअघि फिफाले उकृष्ट महिला प्रशिक्षकको मनोनयन नेपाली समयअनुसार साँझ ४ः४५ बजे सार्वजनिक गर्नेछ। त्यस्तै उत्कृष्ट पुरुष खेलाडी ५ः४५ बजे सार्वजनिक हुनेछ भने फिफा वर्ष खेलाडी महिलाको मनोनयन ६ः४५ बजे सार्वजनिक गर्नेछ।

फिफा वर्ष खेलाडीको अवार्ड गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए।

बुध, साउन १५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस