तस्बिरमा हेर्नुहोस श्रीमतीका साथमा नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईको सपथ

साउन १५ काठमाडौं नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा भट्टराइलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन।

श्रीमती बिन्दा घिमिरेका साथमा नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराई

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि चार महिनादेखि संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालय नेतृत्वविहीन भएको थियो।

सपथ ग्रहण हेर्नुहोस भिडियोमा


को हुन् योगेश भट्टराई

योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु मैवाखोला गाउँपालिका ३ मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभयो। मध्यमवर्गीय परिवार थियो । तीन दिदी, एक दाजुु र एक बहिनी। उहाँ दुुई वर्षको छँदा नै बुवा बित्नुुभयो।
बुवा समाजसेवी हुनुहुन्थ्यो । शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने भावनाले नयाँ विद्यालयहरू स्थापना गर्न प्रेरित गर्नुहुन्थ्यो । स्थापना भएका विद्यालयको दिगोपनाका लागि सकेजति आर्थिक सहयोगसमेत गर्नुहुन्थ्यो । बालबालिकालाई स्कुल पठाउन प्रेरित गर्नुहुन्थ्यो ।
उहाँले २००८ सालमा २० हजार भारु चन्दा दिएको तेह्रथुम जिल्लाको संक्रान्तिस्थित त्रिमोहन स्कुल पूर्वकै प्रख्यात विद्यालयमा पर्छ । उहाँको आर्थिक सहयोगमा खुलेका स्कुलहरू अहिले उच्च माविका रूपमा सञ्चालन भइरहेका छन् । योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गर्नुभयो । उहाँले अथाह सम्भावना बोकेको ताप्लेजुङका ती सबै स्कुल तथा अस्पताललाई सुविधासम्पन्न र आधुनिकीकरण गर्ने योजना अघि सार्नुभएको छ ।

 

बुध, साउन १५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस