यी उदयीमान क्रिकेटर जो प्रतिबन्धित लागु अौषत सेवन गर्दा निलम्बनमा परे

साउन १६ काठमाडौं भारतीय क्रिकेटर पृथ्वी शालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले ८ महिनाका लागि निलम्बित गरेको छ। पृथ्वी डोपिङ टेस्टमा दोषी पाइएपछि निलम्बनमा परेका हुन्। बीसीसीआईले विज्ञप्ति जारी गर्दै युवा ब्याट्म्यान पृथ्वीले प्रतिबन्धित पदार्थ सेवन गरेको जनाएको छ।

उनले २२ फेब्रअरी २०१९ मा एन्टी डोपिङ जाँचका लागि मुत्र दिएका थिए। जसमा टर्बुटाइलाइन भेटिएको बताइएको छ। जुन प्रतिबन्धित पदार्थ हो। पृथ्वीले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन्। तर उक्त पदार्थ जानिबुझी नखाएको उनले बीसीसीआइलाई बताएका थिए। उनले आफूलाई खोकी लागेकाले उक्त पदार्थ सेवन गरेको स्पष्टिकरण दिएका छन्। पृथ्वीमाथिको प्रतिबन्ध १६ मार्चदेखि सुरु भइसकेको छ। यसको म्याद १५ नोभेम्बर २०१९ मा सकिनेछ।

पृग्वीले औषधी सेवन गरेको स्विकार गर्दै भूलवस खाएको बताएको बीसीसीआईले जनाएको छ। भारतीय राष्ट्रिय टिमबाट टेस्टमा डेब्यू गरिसकेका पृग्वी कम उमेरमा शतक प्रहार गर्ने सचिन तेन्दुलरपछि दोस्रा कान्छा खेलाडी समेत हुन्।

बिहि, साउन १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस