फिफा अवार्डका लागि मेसी र रोनाल्डोसहित १० खेलाडी मनोनयनमा, नेयमार परेनन्।

साउन १६ काठमाडौं फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ। मनोनयनमा स्टार खेलाडीद्वय क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी मनोनयनमा पर्दा अर्का प्रभावशाली खेलाडी नेयमार भने परेनन्।

फिफाले महिला र पुरुष दुवैको अन्तिम १० मनोनयन घोषणा गरेको हो। तर पुरुषतर्फकाे मनाेनयनमा दावेदार मानिएका क्राेएशियाका लुका माेड्रिच पनि मनोनयनमा अटाउन सकेनन। पुरुषतर्फ लिभरपुलका तीन जना खेलाडी मनोनयनमा परेका छन्। डच डिफेन्डर भर्जिल म्यान डाइक सेनेगलका फरवार्ड साडियो माने र इजिप्टका फरवार्ड मोहमद सलाह पर्न सफल भएका छन्। यस्तै टोटनह्यामका इंग्लिस फरवार्ड ह्यारी केन पनि मनोनयनमा छन्।

नेदरल्याण्ड्सका अरु दुई खेलाडी पनि मनोनयनमा परेका छन्। माथियास डि लाइट र फ्रेङ्की डि जोङ मनोनयनमा पर्ने अन्य दुई डच खेलाडी हुन् । यस्तै फ्रान्सका केलियन एमबाप्पे र बेल्जियमका इडिन हाजार्ड अन्तिम १० काे सूचीमा परेका छन्।

यस्तै फिफा बेस्ट अवार्ड महिला खेलाडी तर्फ लुसी ब्रोन्ज जुली एट्ज क्यारोलाइन ग्राहन हानसेन एडा हेडरवर्ग एडान्डाइन हेनरी साम केर रोज लाभेले भिभियन मिएडेमा एलेक्स मोर्गन मेगन रापिनोए वेन्डीइ रेनार्ड र एलेन ह्वाइट मनोनयनमा परेका छन्। सन् २०१८ जुलाई १६ देखि २०१९ जुलाई १९ सम्म खेलाडीले गरेको प्रदर्शन र पाएको सफलताका आधारमा फिफाले मनोनयन सार्वजनिक गरेको हो।

अब मनोनयनमा परेका खेलाडीहरुलाई राष्ट्रिय फुटबल टोलीका कप्तान राष्ट्रिय टोलीका प्रशिक्षक खेलकुद पत्रकार तथा फ्यानहरुले भोटिङ गर्न पाउनेछन्।
मनोनित खेलाडीमधये एक जनाले तीन खेलाडीलाई भोट गर्न पाउनेछन्। पहिलो रोजाईँमा रहेको खेलाडीलाई ५ अंक दोस्रो रोजाईमा रहेकालाई ३ र तेस्रो रोजाईँमा रहेकालाई १ अंक दिन पाउनेछ।

बिहि, साउन १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस