यी हुन् भारतीय टिमको प्रशिक्षक हुनका लागि आवेदन दिने चर्चित किर्केटर

साउन १८ काठमाडौं
एजेन्सी विश्व क्रिकेटको केन्द्र भारतीय क्रिकेट टिमको प्रशिक्षक पदका लागि अहिले भारतीय क्रिकेट बोर्डले प्रशिक्षक मागेको छ। प्रशिक्षकका लागि करिब दुई हजारभन्दा बढीको आवेदन परेको छ। भारतले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका लागि आबेदन खुला गरेसँगै ठूलो संख्यामा प्रशिक्षकले आवेदन दिएका छन्।

आवेदन दिनेमा विश्वभरका चर्चित पूर्व खेलाडी र प्रशिक्षकको घुईचो लागेको हो। आवेदन दिनेमा अस्ट्रेलियाका टम मोड्डी न्युजिल्यान्डका माइक हसन श्रीलंकाका महेला जयवार्दने भारतीय प्रशिक्षक रोबिन सिंह लालचन्द राजपुत लगायत छन्। दक्षिण अफ्रिकाका जोन्टी रोड्सले भने भारतको फिल्डिङ प्रशिक्षकका लागि आवेदन दिएको बताइएको छ।

एजेन्टमार्फत विश्वभरबाट थुप्रै आवेदन परेको बताइएको छ। आवेदन भरेका प्रशिक्षकलाई बीसीसीआईको एक कमिटिले अन्तरवार्ता लिने र अन्तवार्ताको थालनी अगस्ट १३ तारिखबाट सुरु हुने बताइएको छ।

शनि, साउन १८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस